मदिरा तथा सुर्तीजन्य पदार्थमा उपहार तथा छुट निषेध – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मदिरा तथा सुर्तीजन्य पदार्थमा उपहार तथा छुट निषेध

    मा प्रकाशित

कनिका खबर
भदौ २३, दाङ ।

मदिरा व्यावसायी करको दायरामा | NewsKarobar
अब मदिरा तथा सुर्तीजन्य पदार्थमा छुट तथा उपहार दिन नपाइने भएको छ । मदिरा तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका हुन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री गर्न पाउने छैनन् । साबिकको भ्याटमा दर्ता पैठारीकर्ता र विक्रेताका लागि मात्रै दिन पाइने सुविधा संशोधनले परिमार्जन गरेको हो ।

यसअघि मदिरा, वियर वा सूर्तिजन्य पदार्थ सम्बन्धी उद्योगले त्यस्तो वस्तुको पैठारीकर्ता तथा तिनका बिक्रेताका लागि उपहार कार्यक्रम सञ्चालन गर्न मूल्य अभिवृद्धि करमा दर्ता भएकालाई मात्रै छुट थियो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्