बिपीकै कारण नेपालीको शीर विश्वसामु ठाडो रहेको हो : नेतृ डिला – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

बिपीकै कारण नेपालीको शीर विश्वसामु ठाडो रहेको हो : नेतृ डिला

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बिपीकै कारण आज नेपालीको शीर विश्वसामु ठाडो भएको बताएकी छिन् । आज १०७ औँ बिपी जयन्तीको अबसरमा नेतृ सङ्ग्रौलाले यस्तो बताएकी हुन् ।
उनले बिपीलाई स्मरण गर्दै भनिन्, ‘१९७१सालमा आजकै दिन बीपी कोइराला शल्यक्रियाको माध्यमबाट यस धर्तिमा जन्म भै आजिवन प्रजातान्त्रिक समाजबादको मूल्य मान्यताको लागि आफ्नो जीवन ब्यतित गर्नु भएको कुरा नेपाली जनताको मन मस्तिष्कमा अहिले पनि त्यतिकै स्मरणीय छ । रास्ट्र,राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको अविचलित अडानले गर्दा नै बीपी हामी नेपाली जनतामा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छबी उच्च राख्न सफल भएकै कारण आज हाम्रो नेपालीको शीर विश्वसामु ठाडो हुन पुगेको हो ।’
बीपीको चिन्तन र बिचार लाई आजको हाम्रो नेतृत्वले अगाल्न नसकेको कारणले गर्दा नै दिनानुदिन नेपालीको स्थिति भयावह बन्दै गएको बताउँदै उनले थपिन्, ‘मुलतः नेपाली काङ्ग्रेसले बिपीको रास्ट्रिय मेलमिलापको नीतिलाई आफ्नो पार्टी र अन्य दल समेतलाई एकाकार गरि देशको समग्र हितमा परिणत गर्न सक्नु नै बिपीप्रति १०७ औ जन्मजयन्तीको उच्च सम्मान भएको ठहर्दछ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्