कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ
कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ परेका छन् । हवाली गभर्नोरेट सुरक्षा निर्देशनालयका सुरक्षाकर्मीले छापा मारेको जनसुरक्षा क्षेत्रका उपसचिव जनरल फराज अल जौबी बताउनुभयो । कुवेतको जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सञ्चालन गर्ने २ महिलासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरु श्रीमान–श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली तथा भारतीय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण विवरण नखुलाएको अरब टाइम्सले जनाएको छ । मदिरा उत्पादन केन्द्रबाट एक सय ७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ गरिएको जनाएको छ । यसै हप्ता पनि अबैध मदिरासहित दुई नेपालीलाई पक्राउ गरेको थियो । कुवेतमा मदिरा बिक्री वितरण अवैधानिक मानिन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्