टिकटकमा भिडियो अपलोड गर्दा १४ लाख जरिवाना – Kanika Khabar
Sunday, July 20Nepali News Portal

टिकटकमा भिडियो अपलोड गर्दा १४ लाख जरिवाना

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ ।
सुन्दा अचम्म लाग्छ होला । टिकटकमा भिडियो अपलोड गरेकै कारण १४ लाख जरिवाना तिरेका छन् । टिकटकमा नृत्य गरेको एक भिडियोले ५ जना महिलालाई कठोर सजाय दिलाएको हो ।

उनीहरुले टिकटकमा अपलोड गरेको भिडियोका कारण १४ लाख रुपैयाँ जरिवाना र दुई वर्षको जेल सजाय भोग्नुपर्ने भएको हो ।

यो घटना मिश्रको हो । मिश्रको एक अदालतले उनीलाई यस्तो सजाय सुनाएको हो, जुन भिडियो उनीहरुले टिकटकमार्फत सार्वजनिक गरेका थिए ।

१५ सेकेन्ड लामो भिडियोमा नृत्य देख्न सकिन्छ । साथै मेकअप पोज पनि देखाइएको छ । भिडियो भाइरल भएपछि उक्त भिडियोविरुद्ध कानून उल्लङ्घन गरेको भन्दै उजुरी परेको थियो ।

सजाय पाउनेमा २० वर्षीया हानिन होसाम र २२ वर्षीया मोवादा अल अधम र उनीहरुका अन्य ३ सहयोगी रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्