लागुऔषध गाँजा कारमा छोडेर फरारमा रहेका चालकलाई पक्राउ – Kanika Khabar
Friday, March 29Nepali News Portal

लागुऔषध गाँजा कारमा छोडेर फरारमा रहेका चालकलाई पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ २४, बारा ।
दुई साता अघि १६५ किलो प्रतिबन्धित लागुऔषध गाँजा कारमा छोडेर फरारमा रहेका चालक पक्राउ परेका छन् । उनलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

गाँजा छाडेर फरार रहेसँगगै खोजीमा जुटेको पईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मंगलबार कोल्हवी ५ सोनाभार टोलमा बस्ने २२ वर्षीय शनी भनिने गौरीशंकर चौधरीलाई पक्राउ गरेको हो ।

बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार गत भदौ १५ गते कोल्हवी नगरपालिका ९ श्रीपुरमा बिहान साढे ४ बजे प्रहरीको चेकिङ देखेर उनी गाँजा सहितको कार नै छोडेर भागेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्