तुलसीपुर उपमहानगरपालिकाबाट संकलन गरिएको ६० जनाको नमुना स्वाव परीक्षणकोे रिपोर्ट नेगेटिभ – Kanika Khabar
Monday, October 14Nepali News Portal

तुलसीपुर उपमहानगरपालिकाबाट संकलन गरिएको ६० जनाको नमुना स्वाव परीक्षणकोे रिपोर्ट नेगेटिभ

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ ।
दाङको तुलसीपुरमा कोरोना भाईरस संक्रमणको आशंकामा तुलसीपुर उपमहानगरपालिकाबाट संकलन गरिएको ६० जनाको नमुना स्वाव परीक्षणकोे रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा तुलसीपुर ११ स्थित किरियापुत्री सहित सवैको रिपोट नेगेटिभ आएको फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
यही भदौ १९ गते भारतबाट किरियापुत्री सहित तिन जना घर आएका थिए । त्यस्तैगरी पवनगर स्वास्थ्य चौकी, हेमन्तपुर नगर स्वास्थ्य केन्द्र र मानपुर स्वास्थ्य चौकीका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि तिन वटै स्वास्थ्य चौकीका कर्मचारीको स्वाव संकलन गरी परिक्षण गरिएको थियो ।

बालापुर क्वारअन्टिनमा बसेकाहरुको पनि कोरोना परीक्षण गरिएको हो । कोरोना आशंकामा स्वाव परीक्षण गर्दा रिपोट नेगेटिभ आएपछि स्वास्थ्य चौकीमा जारी सिल अहिले हटाईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्