मा प्रकाशित
कनिका खबर
भदौं २४, काठमाडौं
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित थपिने क्रम घटेको छैन । काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा सङ्क्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।