पत्रकार महासंघ सिन्धुपाल्चोकको ध्यानाकर्षण : जिससले प्रयोग गरेको शब्द शोभनीय छैन – Kanika Khabar
Friday, April 19Nepali News Portal

पत्रकार महासंघ सिन्धुपाल्चोकको ध्यानाकर्षण : जिससले प्रयोग गरेको शब्द शोभनीय छैन

    मा प्रकाशित

कनिका खबर
भदौं २४, सिन्धुपाल्चोक
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्धारा जारी विज्ञप्तीमा प्रयोग भएको शब्दप्रति नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकले आपत्ति जनाएको छ । आज विज्ञप्ती मार्फत समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले आफ्नो विरुद्धमा समाचार लेखेको भन्दै सञ्चार माध्यमलाई पित पत्रकारीताको संज्ञा दिनुभएको थियो । प्रतिबन्धित समयमा नदी दोहन कार्य भैरहेको र बालुवा तस्करी मौलाइ रहेको समाचार सञ्चार माध्यममा आउन थालेपछी समन्वय समितिले आफ्नो बचाउ गर्दै विज्ञप्ती जारी गरेको छ । जारी विज्ञप्तीमा आफ्नो संलग्नता नरहेको प्रमाण पेस गर्नु भन्दा पनि प्रमुख तामाङले प्रकाशीत समाचारलाइ पीत पत्रकारीताको उपमा दिएपछि महासंघले ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अध्यक्ष महेशकुमार श्रेष्ठ द्धारा जारी विज्ञप्तीमा सञ्चार माध्ययमले गलत सामग्री प्रकाशन तथा प्रशारण गरेमा सम्पादकीय टिमसंग आफ्नो कुरा राख्ने, आफु गलत नरहेको प्रमाण सहित खण्डन पठाउने र सो बाट समेत चित्त नबुझे प्रेस काउन्सिल समक्ष कानुनि प्रकृयामा जान सकिने प्राबधान हुँदाहुँदै आम पत्रकारिता क्षेत्रलाइ नै आक्षेप लगाउनु गलत भएको उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्