आज देशभर वर्षा, कतै हल्का त कतै भारी वर्षाको अनुमान – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज देशभर वर्षा, कतै हल्का त कतै भारी वर्षाको अनुमान

    मा प्रकाशित

कनिका खबर
भदौ २५, दाङ ।
आज देशभर वर्षाको अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा आज दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आजै राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्