निषेधाज्ञा खुकुलो भयो तर काठमाडौंमा रोकिएको छैन सङ्क्रमितको संख्या – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

निषेधाज्ञा खुकुलो भयो तर काठमाडौंमा रोकिएको छैन सङ्क्रमितको संख्या

    मा प्रकाशित

कनिका खबर
भदौं २५, काठमाडौं
निषेधाज्ञा खुकुलो बनाउने सरकारले निर्णय गरेपनि, काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित थपिने क्रम भने घटेको छैन । काठमाडौं उपत्यकामा बुधबार मात्रै थप ४६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा सङ्क्रमितको संख्या ७ हजार ६११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । ३३ हजार ८ सय ८२ सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनाका कारण हालसम्म ३१२ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्