सरकारले जग्गा कित्ताकाट फुकुवा गरेकोमा संसदीय समितिको असन्तुष्टि – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

सरकारले जग्गा कित्ताकाट फुकुवा गरेकोमा संसदीय समितिको असन्तुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं २५, काठमाडौं
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट फुकुवा गरेकामा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले असन्तुष्टि जनाएको छ । नियमावली नबनेको अवस्थामा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले मन्त्रीस्तरबाट भूमिको कित्ताकाट गर्ने निर्णय गर्नु गलत भएको समिति सभापति पूर्णकुमारी सुवेदीले सीआईएनसँग बताउनुभयो । जग्गा कित्ताकाटको निर्णयले कानूनलाई बेवास्ता गरेको भन्दै उहाँले २०७० सालदेखि भूमि कित्ताकाट गर्न रोक लगाइएको अवस्थामा पछिल्लो समय ऐन बनेको र त्यसको नियमावली नबन्दै मन्त्रीस्तरबाटै कित्ताकाट गर्ने निर्णय हुनु कानून विपरीत भएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्