लैँगिक हिंसा विरुद्धको अभियान वर्षलाई यो वर्ष पनि निरन्तरता – Kanika Khabar
Friday, March 29Nepali News Portal

लैँगिक हिंसा विरुद्धको अभियान वर्षलाई यो वर्ष पनि निरन्तरता

    मा प्रकाशित

कनिका खबर
भदौं २५, काठमाडौं
सरकारले गत वर्ष मनाउने गरि निर्णय गरेको लैँगिक हिंसा विरुद्धको अभियान वर्षलाई यस वर्ष पनि निरन्तरता दिएको छ । सकारले गत वर्ष लैँगिक हिंसा विरुद्धको अभियान वर्ष मनाउने निर्णय गरेको थियो । तर मनाउनका लागि कार्ययोजना ल्याउनमा ढिलाई भएको र कोरोना महामारीका कारण अघिल्लो वर्ष कार्ययोजना अनुसार काम हुन नसकेको भन्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस वर्ष पनि निरन्तरता दिन लागेको हो । कार्ययोजना अनुसार दुई महिनाको अवधिमा समिक्षा गर्नुपर्ने भएकाले मन्त्रालयले स्थानीय तहलाई प्रगति विवरण उपलब्ध गराइदिन आग्रह गरेको मन्त्रालयको लँैगिक हिंसा निवारण शाखाका प्रमुख रोशनीदेवी कार्कीले सीआईएनसँग बताउनुभयो । मन्त्रालयले लैँगिक हिंसा विरुद्धको अभियान वर्ष, २०७६ वार्षिक कार्यान्वयन कार्ययोजना तयार गरेर अघिल्लो वर्ष फागुन महिनाको दुई गते सबै स्थानीय तह र सातवटै प्रदेशलाई उपलब्ध हुने गरि पठाएको थियो । तर सबै स्थानीय तहलाई कार्ययोजना पुस्तिका उपलब्ध गराउन फागुन महिनाभर लागेको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्