आज जितियाको मुख्य दिन, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आज जितियाको मुख्य दिन, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    मा प्रकाशित

कनिका खबर
भदौं २५, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गर्नुभएको छ । जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता साँस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम, विश्वास, सदभाव र सहयोगको भावनालाई प्रगाढ बनाउने, साथै विविध जातजाति, भाषाभाषी, संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सदभाव, सहिष्णुता, समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताउनुभयो । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उहाँले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेत गर्नुभएको छ । आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । आज अष्टमी जितियाको मुख्य दिन हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्