कनिका खबर
भदौ २५, काठमाडौं
सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गर्नुभएको छ । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने भनिएको छ । यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । अभिभावकहरूले भने कोरोना महामारीका बेला सङ्क्रमणकालीन शुल्क निर्धारण हुनुपर्नेमा जोड दिएका छन् ।
मा प्रकाशित