एक पटक जानै पर्ने धार्मिक तथा पर्यटकीय स्थल कुलपानी – Kanika Khabar
Friday, April 19Nepali News Portal

एक पटक जानै पर्ने धार्मिक तथा पर्यटकीय स्थल कुलपानी

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
भदौ २५, दाङ ।


धार्मिक तथा पर्यटकीय स्थल कुलपानी जाऔ आन्तरिक पर्यटकीय स्थलको प्रवद्र्धन गराँै भन्ने भावनाका साथ गढवा गाउँपालिकाको वडा नं १ मा पर्ने कुलपानी सामुदायिक वन समुहले जिल्लाकै वन समुहमा नमुनायोग्य कार्यको थालनी गरेको छ ।
वन वातावरणको संरक्षण गर्दै पर्या पर्यटनको विकासका लागि सरोकार वालाहरुसँगको सहयोगमा वडहरा धार्मिक तथा पर्यटकीय स्थलको विकासमा काम सुरु भैरहेको छ ।
रमणीय ताल तलैया, धार्मिक मठ मन्दिर तथा आकर्षक बगैचाको परिकल्पनाको साथ उदाहरणीय निर्माण कार्यको थालनी गरिएको छ ।
जिल्लाकै नमुना सामुदायिक वनको रुपमा परिचित वन समुहले स्थानीय गाउँपालिका, वन कार्यालय, उद्योग व्यवसायी, सहयोगी व्यक्तिको सहयोगमा हेर्न लायक पार्कको विकास गरिरहेको छ ।
सो पार्क स्थापनामा सहयोग गर्न समूहको तर्फवाट सहयोगको आह्वान समेत गरिएको छ । यसै सन्दर्भमा बिहीवार सरोकारवाला तथा सम्भावित सहयोग दाताहरु बिच छलफल गरिएको छ ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष यादवले कुलपानीको यो पर्यापर्यटन अभियान गढवा कै उदारणीय र सुन्दर स्थलको रुपमा विकास भैरहेकोमा खुसी व्यक्त गरेका थिए ।
अध्यक्ष यादवले कुलपानी धार्मिक तथा पर्यटकीय स्थलको विकासमा गढवा गाउँपालिका लागि पर्ने बताएका थिए । स्थानीय उद्योग व्यवसायी तथा निर्माण कम्पनीहरुको समेत सहभागिता रहेको छलफलमा आगामी दिनमा सबैले आआफ्नो क्षेत्रवाट उल्लेख्य सहयोग गर्ने समेत प्रतिवद्धता समेत गरेका थिए ।
समुहका अध्यक्ष नमराज शर्माले हालसम्मको कार्य प्रगतिको र सहयोगीहरुको जानकारी गराउदै समग्र दाङ क्षेत्र कै नमुना योग्य धार्मिक तथा पर्यटकीय स्थलको सम्भावना बोकेको कुलपानी क्षेत्रको विकासमा सबैको सहयोगको आह्वान गर्नु भएको छ ।
कालाकाँटे गढवा सडक खण्डको कालाकाँटेदेखि ४ किलोमिटर पश्चिम पर्ने सो रमणीय क्षेत्रमा समुहले प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै ताल, बगैंचा, मन्दिर, पार्क, पैदल मार्ग, वन्यजन्तुको संरक्षण, रुख टावर लगायतको संरचनाको संरक्षण गर्दै निर्माण कार्य सुरु गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्