नेकपा को स्थायी कमिटी बैठक सकियो – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

नेकपा को स्थायी कमिटी बैठक सकियो

    मा प्रकाशित

कनिका खबर
भदौं २६, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

असार १० गतेदेखि बसेको बैठक आज टुंगिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकले १३ स्थायी कमिटी सदस्यले आ आफ्नो धारणा राखेको श्रेष्ठले बताए ।

अध्यक्षद्वयले राखेको प्रस्तावमा स्थायी कमिटी सदस्यले धारणा राखेको बताउँदै श्रेष्ठले सदस्यको धारणा प्रस्तावमा समावेश गरिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको उनले जानकारी दिए ।

असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बालुवाटारमा भएको हो ।

यसअघि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो ।

साउन १३ गते बहुमत ९३१जना० स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्