सीटीईभीटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सीटीईभीटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान

    मा प्रकाशित

कनिका खबर
भदौं २६, काठमाडौं
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने जनाइएको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिनुभयो । प्रमाणपत्र तह वा डिप्लोमा अध्ययनका लागि आवेदन दिन माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रमाण पत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, डेन्टल हाइजिन, डाइनोस्टिक रेडियोग्राफी, सामान्य चिकित्सा आयुर्वेदा, फिजियोथेरापी र डिप्लोमा इन फार्मेसीका लागि एसईईमा गणित, अंग्रेजी र विज्ञानमा न्यूनत्तम ‘सी’ सहित जिपिए २ ल्याएको हुनुपर्नेछ । सातै प्रदेशका लागि सबै कोर्समा गरी ३ हजार ६७ विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने सीटीईभीटीका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्