गिरुवारी खोला पुल जीर्ण – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गिरुवारी खोला पुल जीर्ण

    मा प्रकाशित

कनिका खबर
भदौं २६, मध्यविन्दु
महेन्द्र राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिकामा रहेको गिरुवारी खोला पुल जीर्ण बनेको छ । पुल जीर्ण भएपछि अहिले एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर ७ र ८ को बिचमा रहेको गिरुवारी खोला पुल जीर्ण भएपछि अहिले मर्मत काम संचालन भएको छ । पुलको मेम्वरहरु चुडिने र नटबोल्ट खुल्दा पुल जीर्ण बनेको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख मेघराज मरासिनीले बताउनु भयो । प्रत्येक वर्ष नियमित रुपमा हुने मर्मतसम्भारको काम लकडाउनको कारण हुन नसक्दा पुल जीर्ण भएको मरासिनीले बताउनुभयो । केही दिन अगाडि पुल नजिकै राजमार्गमा गएको पहिरोको कारण सवारी अवरुद्ध हुदाँ पुलमा नै दोहोरो मालबाहक सवारी रोकिएको कारण पुलमा बढी भार परेर मेम्वरहरु चुडिएको मरासिनीले बताउनुभयो । अहिले पुलमा एकतर्फी मात्रै सवारी सञ्चालन गरेर नटबोल्ट कस्ने काम भइरहेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका ९ सय घरधुरीका महिलाले अहिलेसम्म प्रसुति सेवा पाउन सकेका छैनन् । सोरु गाउँपालिका वडा नम्बर ५ का नेहेर तथा वडा नम्बर ४ का फोतु र लिब्रु गाउँका गर्भवती महिलाले स्वास्थ्य सेवा अन्र्तगत प्रसुति सेवा पाउन नसकेको स्थानीयवासी अंगसरा शाहीले जानकारी दिनुभयो । यी दुई वडाका गर्भवती महिलाहरुले गाउँपालिकाको नार्थपुमा रहेको प्रसुति गृह जान निकै समय लाग्ने र हुम्ला जिल्लाको श्रीनगरमा रहेको प्रसुती गृहमा जान निकै समय लाग्ने भएकाले दुई वडाका गर्भवती महिलाले प्रसुति हुँदा जोखिम मोल्नुपरेको स्थानीयवासीको भनाइ छ । ९ सय घरधुरीका कतिपय गर्भवती महिला बाटोमा र कतिपय गर्भवती महिलाले दुखका साथ घरमा नै बच्चा जन्माउन पर्ने बाध्यतामा रहेको स्थानीयवासीको भनाइ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्