पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं २७, दाङ

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

मन्त्रालयका शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी विहीबार १ महिला र ४ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंकी ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय २ जना पुरुष रहेका छन् । यसैगरी चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शुक्रबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्