अनलाईन शिक्षणलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड – Kanika Khabar
Sunday, July 19Nepali News Portal

अनलाईन शिक्षणलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

    मा प्रकाशित

कनिका खबर
भदौं २७, काठमाडौं
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाईन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनु भएको छ । मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’ मा फस्न सक्ने सम्भावना औँल्याउँदै सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिबद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो । ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले आज आयोजना गरेको ‘भर्चुअल’ छलफलमा बोल्दै मन्त्री गुरुङले नोबेल कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले कोभिड १९ को बहानामा विद्यार्थीहरूको एउटा शैक्षिक शत्र खेर जान दिन नहुनेतर्फ सचेत गराउनुभयो । उहाँले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने स्पष्ट पार्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्