कोरोना सङ्क्रमणमुक्त भएकाहरूद्वारा सहयोग प्रदान – Kanika Khabar
Monday, October 14Nepali News Portal

कोरोना सङ्क्रमणमुक्त भएकाहरूद्वारा सहयोग प्रदान

    मा प्रकाशित

कनिका खबर
भदौं २७, हेटौँडा
कोरोना सङ्क्रमण भएर हेटौँडा उपमहानगरपालिका ६ मा रहेको गौरिटार कोरोना आइसोलेसनमा रहेर कोरोनामुक्त भएकाहरूले फलफूल तथा खाद्यान्न सहयोग गरेका छन् ।
आइसोलेसनमा रहेकाहरूका लागि उनीहरूले यो सहयोग गरेका हुन् । आइसोलेसन वार्डमा रहेका सक्रिय सङ्क्रमितको लागि उनीहरूले स्याउ, साग, धनिया, काउली, बन्दा लगायतका तरकारी तथा फलफूल उपलब्ध गराएका हुन् । सङ्क्रमितलाई पोशिलो खानेकुराको अभाव नहोस् र आफूहरूको सानो सहयोगले पनि सङ्क्रमितलाई थप सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको सङ्क्रमणमुक्त भएकी पत्रकार कुमारी स्याङ्बोले बताउनुभयो । सरकारले स्थापना गरेको आइसोलेसनमा आम नागरिकको तर्फबाट समेत सहयोग हुनुपर्ने भन्दै उहाँले पूर्व सङ्क्रमितहरूकै तर्फबाट सहयोग गरिएको बताउनुभयो । सहयोग गर्नेहरुमा दीपक खड्का, राजु श्रेष्ठ , गौरब बिष्ट , खडगा पुर्वाछाने, रिता निरौला लगायत रहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्