नेपाल बैँक र चाँगुनारायण नगरपालिकाबीच सहकार्यका लागि सम्झौता – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नेपाल बैँक र चाँगुनारायण नगरपालिकाबीच सहकार्यका लागि सम्झौता

    मा प्रकाशित

कनिका खबर
भदौं २७, काठमाडौं
नेपाल बैँक लिमिटेड र भक्तपुरको चाँगुनारायण नगरपालिकाबीच नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सामुुदायिक विद्यालयमा अध्ययनरत छोरीहरूको नाममा नेपाल बैँकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष चार हजार रुपैयाँ जम्मा गर्दै जाने व्यवस्था मिलाईनेछ । सम्झौता बमोजिम शून्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैँकले बचत खाताहरूमा उच्चतम ब्याजदर, बैँकमा खोलिएको खातामा रकम जम्मागर्ने–झिक्ने लगायतका अन्तरबैँक सेवामा कुनै पनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ । नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैले वा उनीहरूका अभिभावकहरूले समेत रकम जम्मा गर्न सक्ने बैँकले जनाएको छ ।
आइसोलेसनमा रहेकाहरूका लागि उनीहरूले यो सहयोग गरेका हुन् । आइसोलेसन वार्डमा रहेका सक्रिय सङ्क्रमितको लागि उनीहरूले स्याउ, साग, धनिया, काउली, बन्दा लगायतका तरकारी तथा फलफूल उपलब्ध गराएका हुन् । सङ्क्रमितलाई पोशिलो खानेकुराको अभाव नहोस् र आफूहरूको सानो सहयोगले पनि सङ्क्रमितलाई थप सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको सङ्क्रमणमुक्त भएकी पत्रकार कुमारी स्याङ्बोले बताउनुभयो । सरकारले स्थापना गरेको आइसोलेसनमा आम नागरिकको तर्फबाट समेत सहयोग हुनुपर्ने भन्दै उहाँले पूर्व सङ्क्रमितहरूकै तर्फबाट सहयोग गरिएको बताउनुभयो । सहयोग गर्नेहरुमा दीपक खड्का, राजु श्रेष्ठ , गौरब बिष्ट , खडगा पुर्वाछाने, रिता निरौला लगायत रहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्