इलाका प्रशासन कार्यालयले पायो चार वर्षपछि प्रमुख – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

इलाका प्रशासन कार्यालयले पायो चार वर्षपछि प्रमुख

    मा प्रकाशित

कनिका खबर
भदौं २७, मुगु
मुगु जिल्लाको एक मात्र इलाका प्रशासन कार्यालयले चार वर्षपछि प्रमुख पाएको छ । भदौ २३ गते गृह मन्त्रालयको निर्णय अनुसार खङ्गबहादुर बस्नेतलाई ईलाका प्रशासन कार्यालयको प्रमुखको जिम्मा दिएपछि स्थानीयबासीहरु घर दैलोमा नागरिता पाउने भन्दै सोरु गाँउपालिकाबासी खुसी भएका छन् । चार वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको ईलाका प्रशासन कार्यालय सोरु गाउँपालिकाले बल्ल प्रमुख पाएको छ । अन्य लेखापाल खरिदारको दरबन्दी भए पनि प्रमुख नहुँदा जिल्लामा बस्दै आएका सबै कर्मचारी अब सोरु ईलाका प्रशासन कार्यालयमा नै गएर केही दिन भित्र ईलाका प्रशासन कार्यालय क्रियाशिल हुने जनाइएको छ । जिल्लामा आउँदाबितिकै सबै जना ईलाका प्रशासनबाट दिईने सबै सेवा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्