पहिरो पीडितलाई २७ लाख रुपैयाँ सहयोग – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पहिरो पीडितलाई २७ लाख रुपैयाँ सहयोग

    मा प्रकाशित

कनिका खबर
भदौं २८, सिन्धुपाल्चोक
गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई अहिलेसम्मकै बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ संघसंस्थाबाट प्राप्त २२ लाख १२ हजार ४ सय ९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको ४ लाख ८९ हजार २ सय २५ गरि एकमुष्ट २७ लाख १ हजार ७ सय २० रूपैयाँ रकम पीडित परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको हो । पीडितहरुको अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका १ स्थित बाँसखर्कमै पुगेर नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य दावा तामाङ, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले लगायतको प्रतिनिधि टोलीले हिजो उक्त राहत रकम वितरण गरेको हो । नेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई ६० हजार रुपैयाँका दरले सात लाख २० हजार, घर पूर्णक्षति भएका १७ घरधुरीलाई २५ हजार रुपैयाँका दरले चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई १० हजार रुपैयाँका दरले १४ लाख १० हजार रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको छ । प्रवासका संस्थाहरू तामाङ समाज बेल्जियमले चार लाख, तामाङ समाज जापानले तीन लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले तीन लाख ३२ हजार, तामाङ घेदुङ हङकङले तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले एक लाख ५२ हजार सहयोग गरेका छन् । यस्तै, नेपाल तामाङ घेदुङ कतारले एक लाख २० हजार ३८४, नेपाल तामाङ घेदुङ साइप्रसले एक लाख हजार, मकाउ तामाङ घेदुङ एसोसियसनले एक लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेसियाले एक लाख चार हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए । साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्