छाक टार्न मुस्किल परेकालाई खाद्यसामग्री वितरण – Kanika Khabar
Friday, May 16Nepali News Portal

छाक टार्न मुस्किल परेकालाई खाद्यसामग्री वितरण

    मा प्रकाशित

कनिका खबर
भदौं २८, सिन्धुपाल्चोक
कोभिड १९ ले भएको बन्दाबन्दीका कारण छाक टार्न समस्या भएका व्यक्ति तथा परिवारका लागि खाद्यान्न समाग्री सहयोग गरिएको छ । लामो बन्दाबन्दी भएपछि हातमुख जोड्न मुस्किल परेका १२ जनालाई शनिबार थापा ईन्टरप्राईजेज चौताराले खाद्यान्न सहयोग गरेको हो । ईन्टरप्राईजेजका प्रोपाईटर भुपेन्द्र थापाले रेडियो सिन्धुको समन्वयमा सामाग्री प्रदान गर्नुभएको हो । विपन्न परिवारलाई प्रति परिवार एक बोरा चामल, दाल, तेल, नुन, साबुन, मास्क, मस्यौरा, लगायतका सामाग्री दिइएको छ । अन्य बेला समेत दैनिकी चलाउन समस्या पर्ने परिवार अहिले बन्दाबन्दीका कारण झन अप्ठ्यारोमा परेका छन् । स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्तरबाट लक डाउनको सुरुवातमा राहत बाँडिरहँदा थप सहयोग गर्ने उद्देश्यका साथ सरकारी राहत लिन छुटेका तथा दुई छाक टार्न संघर्ष गरिरहेका परिवारलाई सहयोग गरिएको रेडियो सिन्धुका कोषाध्यक्ष दिलमाया थापाले जानकारी दिनुभयो । यसअघि थापाले ईन्द्रावती गाउँपालिका कुन्चोकका ५२ परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्