नेपालमा आज थप १०३९ जनामा कोरोना पुष्टि, ११७३ जना निको भए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा आज थप १०३९ जनामा कोरोना पुष्टि, ११७३ जना निको भए

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।
नेपालमा आज थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० थियो ।

नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्