पिसिआर टेस्टको अब २ हजार मात्रै – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

पिसिआर टेस्टको अब २ हजार मात्रै

    मा प्रकाशित

कनिका खबर
भदौ २८, काठमाडौँ ।

सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५ हजार ५ सय तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो । तर त्योपनि महंगो भएपछि सरकारले घटाएर दुई हजारमा पीसीआर परिक्षण गर्न सकिने व्यवस्था गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्