दाङको चौवा खोलामा बग्दै गरेका एक जनाको उद्दार – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

दाङको चौवा खोलामा बग्दै गरेका एक जनाको उद्दार

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।
दाङको चौवा खोलामा बग्दै एक पुरुषलाई स्थानीयले उद्दार गरेका छन्।
तुलसीपुर उपमहानगरपालका–१८ हेमन्तपुर निबासी ५६ वर्षका रेशम नेपालीलाई आज सोमबार बिहान सवा आठ बजेतिर
चौवा खोलाले बगाएको थियो । करिब पाँच सय मिटर बगेका उनलाई बेहोस अवस्थामा उद्दार गरेको ईलाका
प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । अहिले उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्