बाँकेमा ३ वर्षका बालकले जिते काेराेना, बाँकेमा सङ्क्रमणमुक्त हुनेकाे संख्या बढ्दै – Kanika Khabar
Friday, March 29Nepali News Portal

बाँकेमा ३ वर्षका बालकले जिते काेराेना, बाँकेमा सङ्क्रमणमुक्त हुनेकाे संख्या बढ्दै

    मा प्रकाशित

कनिका खबर
भदाै २९, बाँके ।
बाँकेमा आज सोमवार तीन ३ वर्षीय बालकले काेराेना जितेका छन् । आज ती बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार सङ्क्रमित ७ वर्षीया र ९ वर्षीया बालिका पनि आज डिस्चार्ज भएका छन् ।
३ वर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेज चिसापानीको आइसोलेसनमा राखिएको थियो ।
उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ३६ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्