डा. गोविन्द के.सी.को जुम्लामा १९ औँ अनसन सुरु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

डा. गोविन्द के.सी.को जुम्लामा १९ औँ अनसन सुरु

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।
डा. गोविन्द के.सी.ले जुम्लामा अनसन सुरु गरेका छन् । डा. केसीले आफूले विभिन्न समयमा राखेका मागहरु अहिलेसम्म सुनुवाइ नभएको भन्दै आज सोमबार दिउँसो २ बजेदेखि अनसन थालेका हुन् ।

यो वरिष्ठ चिकित्सक गोविन्द केसीको १९ औं सत्याग्रह हो । डा. केसीले यो पटक विभिन्न ६ बुँदे माग राख्दै अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै पर्ने सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसन बसेका हुन् ।

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरु गर्नुपर्ने माग राखेका छन् । प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग पनि राखेका छन् ।
डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।

डा. केसीले २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गनुपर्ने लगायतका माग राखेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्