आज दाङमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

आज दाङमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।
आज दाङमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज सोमबार जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

आज सङ्क्रमित हुनेमा बबई गाउँपालिका ८ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र घोराही उपमहानगरपालिका १९ जना रहेका छन् ।

नारायणपुर केन्द्रबाट संकलन गरिएका ६४ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जनाएका छन् । जसमा वडा नं. १० का ९ जना, वडा नं. १२ का २ जना, वडा नं. ८ का २ जना, वडा नं. ११ का १ जना र वडा नं. १५ का १ जना गरी जम्मा १५ जनामा कोरोना पुष्टि भएको छ ।

४ जना भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको घर्तीले बताए ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परीक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाव परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो ।

आज थपिएका ४४ जनासँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्