कनिका खबर
भदौ २९, ओखलढुङ्गा ।
ओखलढुङ्गामा कोरोना संक्रमित एक महिलाले आइसोलेसनमै बच्चा जन्माएकी छिन् । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी जिल्लाकी एक महिलाले बच्चा जन्माएको ओखलढुंगा सामुदायिक अस्पताका निर्देशक युवराज आचार्यले बताए ।
आमालाई हिजो संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको अस्पतालले बताएको छ । ‘कोरोना संक्रमण देखिएकी महिलाबाट शिशुको जन्मभएको छ ।’ उनले भने, ‘सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।’
ओखलढुंगा सामुदायिक अस्पतालले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित गर्भवतीलाई प्रसुती सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ । सङ्क्रमित महिलाहरुको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र अपरेसन थिएटर सञ्चालनमा ल्याईएकाले सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ ।
मा प्रकाशित