कुलमानको पुनः नियुक्तिको कुरा उठ्यो निर्णयमा क्याविनेट अलमल – Kanika Khabar
Saturday, June 14Nepali News Portal

कुलमानको पुनः नियुक्तिको कुरा उठ्यो निर्णयमा क्याविनेट अलमल

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भए पनि आज बसेको क्याविनेटको बैठकले नयाँ नियुक्तिको निर्णय गर्न सकेको छैन ।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्त गर्ने चर्चा चले पनि यस विषयमा कुनै निर्णय गर्न सरकारले हात कमाएको छ ।
कुलमानको विकल्प नभएको वकालत गर्दै आए पनि आजको बैठकबाट निर्णय गर्न भने सरकार पछि हट्यो ।
‘बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा के कसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन,’ एक मन्त्रीले भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्