बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस – Kanika Khabar
Friday, April 19Nepali News Portal

बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।
आज सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिबाट मनोनित हुने तीन सदस्यमध्ये एक जना डा.युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरिएको हो ।

गौतमलाई अब राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नेछिन् । गौतमलाई गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण कार्यान्वयन हुन सकेको थिएन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्