बामदेव गौतम राष्ट्रियसभामा सिफारिस – Kanika Khabar
Friday, April 19Nepali News Portal

बामदेव गौतम राष्ट्रियसभामा सिफारिस

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, काठमाडौं
सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । तत्कालीन अर्थमन्त्री समेत रहनुभएका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नुहुनेछ । सत्तारूढ नेकपाले गत फागुनमै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । तर राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री हुन सक्ने गरी संविधान संशोधन नभएको भन्दै गौतमले अस्वीकार गर्नुभएको थियो । प्रधानमन्त्रीले पनि डा. खतिवडालाई पुनः राष्ट्रियसभामा लैजान चाहानुभएको थियो । त्यसैले संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्थामा टेकेर डा. खतिवडालाई अर्थ र सञ्चारमन्त्री बनाउनुभएको थियो । वैशाखमा नेकपा सचिवालयले गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेपछि खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनित गर्न सहज भएको मानिएको थियो । तर पार्टीभित्र चलेको पछिल्लो अन्तरसंघर्षमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका गौतमले राष्ट्रियभामा जाने इच्छा देखाउनुभयो ।  भदौ १५मा गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्न आग्रह गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई दबाब परेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्