चार वर्षसम्म पनि बन्न सकेन झोलुङ्गे पुल – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

चार वर्षसम्म पनि बन्न सकेन झोलुङ्गे पुल

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, मुगु
मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ४ फोतु गाउँ र हुम्लाको जैरकोट जोड्नका लागि चार वर्ष अघि निर्माण थालिएको झोलुगें पुल हालसम्म निर्माण हुन सकेको छैन । मुगु सोरु गाउँपालिकाका स्थानीयवासीले झोलुगें पुल बनाउन खोजे पनि हुम्लाका जैरकोटका स्थानीयवासीले अहिलेसम्म पुल निर्माण गर्न नदिएको झोलुगें पुल निर्माण समिति फोतुका अध्यक्ष बिर्खबहादुर शाहीले बताउनुभयो । हुम्ला र मुगुको सिमाना रहेको हुम्ला कर्णाली नदिमा चार वर्ष अगाडी झोलुगें पुल निर्माण कार्य सुरु भएको तथा पुलका लागि सबै सामान आए पनि हुम्लाका जैर गाउँका नागरिकले पुल निर्माण गर्न नदिएपछि पुलमा प्रयोग हुने सामाग्री समेत अलपत्र भएको समितिका अध्यक्ष शाहीले बताउनुभयो । झोलुगें पुल निर्माण भएपछि आफ्नो वनबाट घाँस दाउरा चोरी हुने भन्दै हुम्ला जैर गाउँका नागरिकले पुल बनाउन नदिएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्