सडक निर्माणका लागि आएको रकम हिनामिना भएको स्थानीयबासीको आरोप – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

सडक निर्माणका लागि आएको रकम हिनामिना भएको स्थानीयबासीको आरोप

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, मुगु
छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा कच्ची सडक निर्माणका लागि आएको बजेट हिनामिना भएको स्थानीयवासीहरुको भनाईरहेको छ । नगरपालिका वडा नम्बर १४ बाममा चंखेली कच्ची सडक निर्माणका लागि कर्णाली प्रदेशसंग २८ लाख ८० हजारको सम्झौता भई ३ सय १८ घरधुरीले चार दिन काम गर्दा १ हजार २ सय ७२ दिन हुनु पर्नेमा उपभोक्ता समितिले १ हजार ६ सय ५० दिनको हाजिर गरेका र कन्टेन्जेसी खर्च १ लाख १५ हजार २ सय, योजनाको सर्भे तथा सडक निर्माण समिति खाना खर्च १ लाख ५० हजार , स्टेशनरी खर्च १५ हजार र समितीको गमगढी र गाउँ आवतजावतमा २१ हजार , धरौटी खर्च २ लाख ३९ हजार ३ सय देखाईएको छ । सडक निर्माण समूहका लागि १ लाख र अन्य कामका लागि २ लाख ५० हजार खर्च भएको भन्ने उपभोक्ता समितिले बताए पछि स्थानीय कामदारहरुले विरोध गरिरहेका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्