दाङमा करेन्ट लागेर ३ जनाको मृत्युु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा करेन्ट लागेर ३ जनाको मृत्युु

    मा प्रकाशित

विवेक खड्का

दाङ, भदौ ३० ।

दाङमा करेन्ट लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० काे उत्तरअम्राईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट सर्दा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिए ।

तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्