उद्यमी बन्न चाहनेलाई लिसङ्खुपाखरले एक प्रतिशतमा कर्जा दिने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

उद्यमी बन्न चाहनेलाई लिसङ्खुपाखरले एक प्रतिशतमा कर्जा दिने

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, सिन्धुपाल्चोक
लिसङ्खुपाखर गाउँपालिका र नेपाल बैंक कार्यालयबीच अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम सञ्चालनको लागि सम्झौता भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्रका बेरोजगार तथा विपन्न लागि उद्यमशिल र स्वःरोजगार बनाउने हेतुले एक प्रतिशत ब्याजदरमा सहुलियत पूर्ण उद्यम व्यवसाय कर्जा प्रदान गर्न लागेको हो । उद्यमीको आर्थिक शसक्तिकरण मार्फत गाउँपालिकालाई कृषि, पशुपन्छी पालन तथा लघु उद्यम, घरेलु उद्योगजन्य उत्पादन, हस्तकला (थान्का बुन्ने, मखुण्डो बनाउने) र यसमा आधारित साना घरेलु र लघुजन्य उद्योग स्थापना र प्रबद्र्धन गरि स्थानीय उत्पादन निर्यातयोग्य गाउँपालिका बनाउन भन्दै यस्तो सम्झौता गरिएको बताइएको छ । गाउँपालिकाको आर्थिक सामाजिक रुपान्तरण मार्फत समग्र गाउँपालिकाको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास लिएको र यो एउटा महत्वपूर्ण सम्झौता भएको गाउँपालिका अध्यक्ष कमल नेपालले बताउनुभयो । लिसंखुपाखर गाउँपालिकाका नागरिकले यो ऋण न्युनतम १ लाख र अधिकतम १० लाख लिन पाउने र ५ लाखसम्म बिनाधितोमा गाउँपालिकाको जवानी हुने छ । १० लाखसम्म धितो राख्नुपर्ने १० लाख भन्दा बढिको सन्दर्भमा सहुलियत दरको कर्जाका लागि गाउँपालिकाले सिफारिस गर्ने र ऋणी र बैंकबीच सम्झौता हुने प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बताउनुभयो । ऋण ५ बर्षे किस्तामा दिइनेछ भने लिन चाहनेले व्यावसायिक रुपमा ७ बर्ष आफू स्व व्यवसायमा लाग्ने गरि सम्झौता गर्नुपर्ने छ । पालिकाले यो पहिलो आर्थिक वर्षमा ५ करोड परिचालन गर्ने लक्ष लिएको छ भने ३ वर्षमा २० करोड प¥याउने लक्ष्य लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्