नुवाकोटमा एक सय चारजना सङ्क्रमित निको भए – Kanika Khabar
Friday, September 29Nepali News Portal

नुवाकोटमा एक सय चारजना सङ्क्रमित निको भए

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, नुवाकोट
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका सङ्क्रमितहरु नुवाकोटमा निको हुने क्रम वढिरहेको छ । नुवाकोटमा पछिल्लो समय उपचाररत शिवपुरी गाउँपालिकाका एक सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । शिवपुरी गाउँपालिकाका २४ वर्षिय पुरुष कोरोनामुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यसँगै नुवाकोटमा कोरोना निको भएर घर जानेको संख्या एकसय ४ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । जसमा ७८ पुरुष र २६ जना महिला रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्