सिन्धुपाल्चोकमा एकपछि अर्को विपत्ती, बितेका ६ वर्षमा ठूला ठूला विपत्ती भोग्यो सिन्धुपाल्चोकले – Kanika Khabar
Saturday, October 12Nepali News Portal

सिन्धुपाल्चोकमा एकपछि अर्को विपत्ती, बितेका ६ वर्षमा ठूला ठूला विपत्ती भोग्यो सिन्धुपाल्चोकले

    मा प्रकाशित

कनिका डेस्क
भदौ ३१, दाङ ।
आज बिहान ६ रेक्टरको भूकम्पले सिन्धुपाल्चोकलाई हल्लाएको छ । बाढी र पहिरोले दिएको पीडाले आँखा ओभानो नहुँदै भूकम्पको झड्काले तर्साएको छ । बितेका ६ वर्षलाई मात्र नियाल्ने हो भने सिन्धुपाल्चोकमा ठूला ठूला प्राकृतिक विपत्तीहरु आएका छन् । प्राकृतिक विपत्तीको सामना गर्दै आएका छन् सिन्धुपाल्चोकवासी ।

२०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा ४५ जना सिन्धुपाल्चोकवासीले ज्यान गुमाएका थिए ।
२०७२ सालको वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पबाट ७१ जना सिन्धुपाल्चोकवासीले ज्यान गुमाए ।

२०७३ असार २१ गते भोटेकोशीमा आएको विनाशकारी बाढीले ६० घर बगाएको थियो ।

०७७ साल साउन ३० गते जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएका छन् । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जना मध्ये ३७ जनाको शव भेटियो, २ जना बेपत्ता, खोजी जारी भएकै बेला बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भदौ २७ गते भीषण पहिरो गयो । पहिरोमा पुरिएर बेपत्ता भएका ३१ जना मध्ये १५ जनाको शव फेला १६ बेपत्ताको खोजी जारी छ ।
बाढी पहिरोको विपत्ती भोगिरहेको बेला फेरि भूकम्पको कम्पन आएको छ । आज बिहानको भूकम्पको कम्पनले कुनै मानवीय क्षति नभए पनि पहिरोको उच्च जोखिमलाई बल पु¥याएको छ ।
बितेका ६ वर्षमा सिन्धुपाल्चोकले भोगेका प्राकृतिक विपत्तीका सूचि

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्