गरिब घर परिवार परिचय पत्रका लागि तथ्याङ सङ्कलनको काम सम्पन्न – Kanika Khabar
Thursday, March 28Nepali News Portal

गरिब घर परिवार परिचय पत्रका लागि तथ्याङ सङ्कलनको काम सम्पन्न

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
भदौ ३१, दाङ ।
दाङ जिल्लाको राप्ती गाउँपालिकामा गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ सङ्कलनको काम सम्पन्न गरिएको छ ।
गत फागुनदेखि सुरु भएको तथ्याङ सङ्कलन कार्य कोरोना कहरका कारण केही समय रोकावट भए पनि गत जेष्ठदेखि पुःन समाजिक दुरी कायम गर्दै सुरु गरिएको थियो ।
एक जना सुपरिवेक्षक र सात जना गणक सहितको टोलीले राप्ती गाउँपालिका क्षेत्रको सम्पुर्ण घर परिवारको सम्पुर्ण जानकारी सहित तथ्याङ संकलन गरेको र राप्ती गाउँपालिकामा पछिल्लो तथ्याङ्क अनुसार १० हजार ७ सय बिस घरधुरीको विवरण लिईएको सुपरिवेक्षक बासुदेव थापा क्षेत्रीले जानकारी दिएका छन् ।
गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ्क संकलकले भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सर्भरमा पठाएको जानकारीका आधारमा कुनै घरपरिवारको वर्गीकरण गरिने व्यवस्था रहेको छ । सो तथ्याङ्क संकलन राप्ती गाउँपालिकामा कम्प्युटर एसिस्टेड पर्सनल ईन्टरभ्यु सिस्टमबाट गरिएको थियो ।
गाउँपालिकाले गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरणका लागि गरिएको तथ्याङ्क संकलनको कामलाई प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न गर्न साथै कोही घरपरिवार सो तथ्याङ लिने कामबाट नछुट्ने व्यवस्थाका लागि वडा, टोल, समुहबाट जानकारी, सञ्चार माध्यमबाट सुचना प्रवाह गरी नागरिकमा चेतना फैलाईएको थियो ।
कुनै एक घरको तथ्याङ्क दिने समययमा घरमुलीको नाम, परिवार संख्या, जग्गाको विवरण, अन्य आम्दानीको श्रोत लगायत करिव १०० बढी प्रश्न मा रहेर जानकारी, घरको र घरमुलीको फोटो खिच्ने काम तथा जिपीयस लोकेसन समेत लिईएको सुपरिवेक्षक बासुदेव थापाक्षेत्रीले जानकारी दिए ।
गरिब परिवारको वर्गीकरण र प्रारम्भिक सुचि प्रकाशनका लागि भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले संकलित तथ्याङ्क विश्लेषण तथा स्वीकृत परिमार्जन सुचि समेतको आधारमा गरिब परिवारलाई अति गरिब, मध्यम गरिब, सामान्य गरिबमा वर्गीकरण गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयको योजना अनुसार गरिब परिवारको रुपमा पहिचान भएका परिवारलाई परिचय पत्रको आधारमा ब्यवस्था तथा कार्यक्रम ल्याउने योजना रहेको छ ।
गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका २०७५ को अनुसुचि १ को गरिब परिवार पहिचानका सुचकहको आधारमा मापदण्ड निर्धारण गरी गरिब परिवार र गरिबीको प्रकार पहिचानका लागि तथ्याङ्क विश्लेषण प्रोक्सी मिन्स टेस्ट वा अन्य प्रचलित विधिद्वारा प्रत्येक परिवारको प्राप्त गरेको समृद्धि मापन सुचाङ्कले निर्धारण गर्ने ब्यवस्था रहेको छ ।
गरिब परिवार पहिचानको सुचि प्रत्येक पाँच वर्षमा अध्यावधिक गर्न सक्ने र गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ बमोजिम परिचय पत्र प्राप्त गर्ने व्यक्ति वा परिवारले प्रचलित कानुन बमोजिम सार्वजनिक तथा अन्य निकायवाट प्रदान गरिने सुविधा र सहुलियत प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्