भारतको बिहारमा चट्याङ लागेर १५ को मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

भारतको बिहारमा चट्याङ लागेर १५ को मृत्यु

    मा प्रकाशित

एजेन्सी- भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयताको अविरल वर्षासँगैको चट्याङमा परी १५ जनाको ज्यान गएको छ ।

यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङ लागेर १०० जनाभन्दा बढीको ज्यान गएको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्