कनिका खबर
दाङ ३१ भदौ ।
जिल्लामा विविध कार्यक्रम गरेर संविधान दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा बुधवार बसेको सर्वपक्षीय बैठकले असोज २, ३ र ४ गते कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले असोज २, ३ र ४ गते प्रदेश तथा स्थानीयतहका सम्पुर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ/सस्था कार्यालयमा राष्ट्रिय झण्डा फहराउने र तिनै दिन साँझ घर घरमा दिप प्रज्ज्वलन गर्ने निर्णय गरेको छ । त्यसैगरेर असोज ३ गते सहिद गेटमा दीपप्रज्ज्वल गर्ने र त्यसको जिम्मा जिल्लाका राजनीतिक दलहरुलाई दिने बैठकले निर्णय गरेको जिल्ला समन्वय समितिले जनाएको छ । त्यसैगरेर बैठकले जिल्लाका दशवटै पालिकालाई आ— आफनो कार्यक्रम गरेर संविधान दिवस मनाउन अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरेर बैठकले स्थानीय सञ्चार माध्यम तथा पत्रपत्रिकावाट संविधानसँग सम्बन्धित सन्देश तथा कार्यक्रम प्रकाशन प्रशासरण गर्न लगाउने र त्यसको जिम्मा पत्रकार महासंघ दाङले दिने निर्णय गरेको छ ।
बैठक जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकायका प्रमुख,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालय, नागरिक समाज, दाङ उद्योग वाणिज्य संघ र गै.स.स.का प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।