मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन – Kanika Khabar
Monday, October 14Nepali News Portal

मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरू १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने भनिएको हो । यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उहाँले बताउनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरूको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका थुप्रै केस छन् । तर अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्