कालीमाटी तथा बल्खुमा मन्त्री भट्टको छड्के अनुगमन – Kanika Khabar
Monday, July 14Nepali News Portal

कालीमाटी तथा बल्खुमा मन्त्री भट्टको छड्के अनुगमन

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, काठमाडौं
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गर्नुभएको छ । प्याजको मूल्यमा चर्को कालोबजारी भएको गुनासो उपभोक्ताले गरेपछि मन्त्री भट्टले आज बिहान छड्के अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । नचिनिने गरी बजार पुग्नुभएका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गर्नुभएको थियो । ति पसलहरूमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ । केही पसलेले अनुगमन टोलीलाई प्याज नभएको बताएको तर चिनेका मान्छेलाई भने महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइएको छ । प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिइएकोे सचिवलयले जनाएको छ । बजारमा प्याजको मूल्यमा मनपरी भएको पाइएपछि अनुगमनका लागि वाणिज्य विभागलाई सक्रिय पारिएको पनि मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्