उखु किसानलाई दर्ता हुने समय थप – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

उखु किसानलाई दर्ता हुने समय थप

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, काठमाडौं
सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुने समय एक महिना थप गरिएको छ । कोभिड १९ का कारण किसानलाई दर्ता हुन समस्या भएको भन्दै भदौ मसान्तसम्म दिइएको दर्ता अवधि एक महिना थपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । उखु किसानलाई अनुदान दिने कार्यविधि २०७५ अनुसार सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुन अनिवार्य गरिएको छ । गत जेठमा एक सूचना जारी गर्दै कृषि मन्त्रालयले भदौ मसान्तसम्म स्थानीय तहमा दर्ता हुन किसानलाई आग्रह गरेको थियो । छुटेका किसानको लागत संकलन सकिएपछि उखु किसानको लगत संकलन गर्ने मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्