कनिका खबर
भदौ ३१, कालिकोट
कालिकोट कोरोना भाईरस (कोभिड १९) का सङक्रमित शून्य भएको जिल्ला भएको छ । तिलागुफा नगरपालिकाका २० जना सङ्क्रमित उपचार पछि निको भएसँगै जिल्लामा सङ्क्रमितको संख्या शून्य भएका हो । जिल्ला स्वास्थ कार्यालय कालिकोटका अनुसार कालिकोटमा हाल कोहिपनि सङ्क्रमित छैनन् । कोरोनाको उच्च जोखिममा रहेको कालिकोट हाल सङ्क्रमण मुक्त भएको कार्यालयको भनाइ छ । तिलागुफा नगरपालिका राँचुलीमा भेटिएका सङ्क्रमित उपचारपछि निको भएसँगै उनीहरूलाई डिस्चार्ज गरिएको छ । आगामी दिनमा सतर्कता अपनाउन स्वास्थ कार्यालयले सम्पूर्णमा अनुरोध समेत गरेको छ ।
मा प्रकाशित