यसरी चलाऔँ शैक्षिक क्षेत्र, गगन थापाको सुझाब शिक्षा मन्त्रीलाई (सुझावको पूर्णपाठसहित) – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

यसरी चलाऔँ शैक्षिक क्षेत्र, गगन थापाको सुझाब शिक्षा मन्त्रीलाई (सुझावको पूर्णपाठसहित)

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, दाङ ।
प्रतिनिधि सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले शिक्षा मन्त्री गिरीराजमणि पोख्रेललाई शैक्षिक क्षेत्र चलायमान गराउन सुझाब दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका छायाँ शिक्षामन्त्री समेत रहेका थापाले कोभिड संकटको समयमा विद्यालय शिक्षा निरन्तरता सम्बन्धमा विभिन्न सुझावसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेता थापाले सबै समुदायको अवस्था एउटै नरहेकाले विद्यालय सञ्चालनका लागि मापदण्ड बनाई स्थानीय सरकारहरूलाई स्वास्थ्य संस्थासँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालय तत्काल सञ्चालन गर्ने तथा अनलाइन लगायतका वैकल्पिक विधिहरू प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

कोभिड—१९ संकट सुरु भएपछि गत वैशाखदेखि नै विद्यालयहरूमा पठनपाठन बन्द हुदा ८७ लाखभन्दा बढी विद्यार्थी घरैमा बस्न बाध्य छन् । वैकल्पिक तरिकाबाट सिकाइ अगाडि बढाउन गरिएका प्रयासहरू निकै सीमित विद्यार्थीमा मात्र पुग्न सकेको उल्लेख गर्दै थापाले २०७७ वैशाखको अन्तिम साता नै विज्ञ र सरोकारवालासँगको परामर्शमा ‘कोभिड–१९ को प्रभावको न्यूनीकरण गर्दै सबैका लागि सिकाइ’ शीर्षकको नीतिपत्र बुझाएका थिए । सरकारले असार १ गतेदेखि नै सिकाइ चालु गर्ने भनेर सिकाइ सहजीकरण निर्देशिका ल्याए पनि प्रभावकारी हुन सकेको छैन ।
सांसद थापाले शिक्षामन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रको पूर्ण पाठ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्