लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा – Kanika Khabar
Sunday, July 19Nepali News Portal

लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
असोज १, काठमाडौं
कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमा हिजो विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् । आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिनुभयो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यातायात सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले कोभिड महामारीका बेला सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा समेत बढाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्